आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

भन्सार छलेको अभियोगमा चार जनाविरुद्ध साढे ४ कराेड बिगाेसहित मुद्दा दायर

images
सोमबार, फागुन २३ २०७८
images
भन्सार छलेको अभियोगमा चार जनाविरुद्ध साढे ४ कराेड बिगाेसहित मुद्दा दायर

विभागले चार जना विरुद्ध ४ करोड ४६ लाख ३७ हजार १८४ रुपैयाँ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ।

images
images

काठमाडाैं- कानूनले तोकेअनुसारको राजस्व र भन्सार महसुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले सोमबार दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो। 

images
images
images

विभागले चार जना विरुद्ध ४ करोड ४६ लाख ३७ हजार १८४ रुपैयाँ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ।

images
images

पर्सा पटेर्वा स्थायी घर भइ हाल बूढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका-६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडाैं ५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भइ हाल काठमाडौं-७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएकोे छ।

images
images

विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ। विभागले बख्रेल र पन्तसँग  जनही एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग एक करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग सात लाख ८० हजार ८१८ रुपैयाँ बिगो माग गरेको छ। 


प्रकाशित : सोमबार, फागुन २३ २०७८१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend