बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

सय रुपैयाँको नयाँ नोट आजदेखि आउने, छोएर पहिचान गर्नसक्ने इम्बोस फिचर्स

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ११ २०८२
सय रुपैयाँको नयाँ नोट आजदेखि आउने, छोएर पहिचान गर्नसक्ने इम्बोस फिचर्स

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्क्षतार भएको यो नोटको श्रृखला विस २०८१ रहने छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ एक सयको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ। चिनियाँ कम्पनीले  छापेको उक्त नोट बजारमा आजदेखि प्रचलनमा आउने राष्ट्र बैंकले जानकारी दिएको छ। 

नयाँ नोट प्रचलनमा आउने भएसँगै यो नोटको फिचर्सका बारेमा राष्ट्र बैंकले सचेत गराएको छ। नेपालको नयाँ राजनीतिक नक्सासयहितको यो नोटमा दृष्टीबिहिनहरूले पहिचान गर्नसक्ने फिचर पनि समावेस गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। नोटमा माथि उठेका थोप्लासहितका केही सुविधाले छोएर पनि पहिचान गर्नसक्ने राष्ट्र बैंकले जानकारी दिएको छ। 

आधारत डिजाइन कायम रहेको यो नयाँ नोट श्रृखला मंसिर ११ गतेदेखि चलनचल्तीमा आउनेछ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्क्षतार भएको यो नोटको श्रृखला विस २०८१ रहने छ। 


प्रकाशित : बिहीबार , मंसिर ११ २०८२०९:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend