शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

'डिसहोम गो'को प्राविधिक समस्या समाधान भइसकेको दाबी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १० २०८२
'डिसहोम गो'को प्राविधिक समस्या समाधान भइसकेको दाबी

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार डिसहोम गो एप ले उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमांडौ गोर्खा बीचको खेल दुई लाखभन्दा बढी दर्शकसँग प्रत्यक्ष देखाउन सफल भएको छ।

दर्शक संख्यालाई प्राविधिक भाषामा, 'कन्क्युरेन्ट भ्युवर्सिप' भनिन्छ, जसले डिसहोम गो को तयारी र प्रविधिक क्षमता पुष्टि गरेको छ ।

उद्घाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न असमर्थता अनुभव गरेका भए पनि यो समस्या केवल डिस होम गो को नभएर, धेरै पक्षहरू संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको कम्पनिले बताएको छ। 

एनपिएल सिजन पास को सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताहरूले आइओएस् प्रयोगकर्ताहरूमा असुविधा सिर्जना गरेका थिए। एन्ड्रोइड प्रयोगकर्ताहरूले भने सहजै सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्षम भएका थिए।

डिस होम गो एपका इञ्जिनियरहरू र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञहरूले लगातार समस्या समाधानमा काम गरिरहँदा पहिलो दिन धेरै समस्याहरु समाधान भएका थिए, दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताहरूले पनि सहज रूपमा एनपिएल सिजन पास को सदस्यता लिएर प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था आएको थियो।

यसैगरी दोस्रो र तेस्रो दिनको खेलमा लगभगसबै प्राविधिक चुनौतीहरू सफलतापूर्वक समाधान भइसकेका छन्। डिस होम गो का आधिकारिक च्यानलहरु मार्फत प्राप्त हजारौं अनुरोधहरूलाई प्रणालीबाट एकैचोटि सक्रिय गरियो। यसका साथै, कुनै प्रयोगकर्ताले दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको छ।

थप सहजता सुनिश्चित गर्न, बुधबारदेखि खल्ती तथा इसेवा मार्फत एनपिएल सिजन पास को भौचर खरिद गर्न सकिने व्यवस्था गरिएको छ। खल्ती तथा इसेवा बाट खरिद गरिने भौचर नेपालमा मात्र प्रयोग गर्न सकिने सुविधा रहेको छ। 

डिसहोम गोले यो चुनौतीपूर्ण कार्य सफलता पूर्वक सम्पन्न गर्दै नेपालको इतिहासमा पहिलोपटक पूर्ण रूपमा मोबाइल एप मार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। 

डिस होम गो एपका आधिकारिक प्रवक्ताले भने, 'हामीले सामना गरेका प्राविधिक चुनौतीहरू हाम्रो मात्र नभइ, विभिन्न संलग्न पक्षहरूको प्रक्रियासँग सम्बन्धित थिए।' यसै कारण पहिलो दिन सबै प्रयोगकर्तालाई सहज अनुभव दिन विभिन्न कठिनाई हुँदा निशुल्क हेर्ने व्यवस्था गर्दा करिब २ लाख दर्शकहरुले सजिलै हेर्न पाएका थियो। दोस्रो र तेस्रो दिनदेखि सबैले पूर्ण रूपमा सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्ने स्थिति आएको छ। 


प्रकाशित : बुधबार, मंसिर १० २०८२१८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend