शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुजुकी भी-स्ट्रोम दुई नयाँ कलर अप्सनमा आयो

बुधबार, मंसिर १० २०८२
सुजुकी भी-स्ट्रोम दुई नयाँ कलर अप्सनमा आयो

यो मोटरसाइकलले अफ रोड तथा सहरी सडकमा औषतमा करिब ४० किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीको छ।

काठमाडौं- नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले सुजुकी भी-स्ट्रोम एसएक्स मोटरसाइकल दुई नयाँ कलर भेरिएन्टका साथ सार्वजनिक गरेको छ। 

यो एडभेन्चर मोटरसाइकल पर्ल फ्रेस ब्लु प्लस ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्रेसियर ह्वाइट प्लस मेटालिक मेट स्टेलर ब्लु कलरमा उपलब्ध सार्वजनिक भएको हो। ललितपुरको ग्वार्काेस्थित सुजुकी शोरुममा सो मोटरसाइकल सार्वजनिक गरिएको हो। 

सुजुकी भी-स्ट्रोम एसएक्स नेपालमा सबैभन्दा किफायती २५० सीसीको जापानी एड्भेन्चर मोटरसाइकल भएको कम्पनीको भनाइ छ। यो मोटरसाइकलले अफ रोड तथा सहरी सडकमा औषतमा करिब ४० किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीको छ। 

सानो सिट र अत्यधिक लामो सस्पेन्सन भएका शुद्ध अफरोड मोटरसाइकलहरूले राजमार्गमा झट्का दिने तथा असहज अनुभव दिने भए पनि सुजुकी भी-स्ट्रोम एसएक्सले उत्कृष्ट स्थिरता र लामो यात्रामा आरामदायी अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। 

कम्पनीले नयाँ कलर अप्सन नेपाल ल्याएसँगै यसको मूल्यसमेत बढाएको छ। कम्पनीले यसअघि ६ लाख मूल्यमा बिक्री गर्दै आएको भी-स्ट्रोम २५० को मूल्य १० हजार रुपैयाँले वृद्धि गरेर ६ लाख १० हजार रुपैयाँ निर्धारण गरेको हो।

सुजुकी भी-स्ट्रोम एसएक्समा २४९ सीसीको फोर स्ट्रोक सिंगल सिलिन्डर आयल-कुल्ड एसओएचसी इन्जिन रहेको छ। यसले ९ हजार ३ सय आरपीएममा २६.५ पीएस पावर र ७ हजार ३ सय आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ। ६ स्पिड गियरबक्स रहेको सो बाइकको ह्विलबेस १४ सय ४० एमएम छ भने ग्राउन्ड क्लियरेन्स २ सय ५ एमएम रहेको छ। यो मोटरसाइकलमा १२ लिटरको इनधन ट्यांकी रहेको छ।

यसमा सुजुकी इको पर्फमेन्स (एसईपी) इन्जिनका कारण इनधन किफायती हुनुका साथै घर्षण हुनबाट पनि बचाउछ। त्यसैगरी सुजुकीद्वारा विकास गरिएको सुजुकी आयल कुलिङ सिस्टमका साथै मोटोजीपी टेक्नोलोजी प्रयोग गरिएको भल्व र पिस्टन लगायतका कारण पर्फमेन्स राम्रो र स्मुद बनाउनमा भूमिका खेलेको छ। त्यसैगरी इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टमका कारण आवश्यक मात्रा मिलाएर इन्धन छर्किन र पर्फमेन्स राम्रो बनाउनमा भूमिका खेलेको छ।


प्रकाशित : बुधबार, मंसिर १० २०८२१६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend