बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमसीए नेपालद्वारा १८ किलोमिटर प्रसारण लाइन निर्माणको औपचारिक थालनी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १० २०८२
एमसीए नेपालद्वारा  १८ किलोमिटर प्रसारण लाइन निर्माणको औपचारिक थालनी

यस १८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्ने करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ।

काठमाडौं- मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले न्यू बुटवल सबस्टेशन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्यको औपचारिक थालनी गरेको छ।

मंसिर १० गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजित एक विशेष समारोहबीच एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण हुन लागेका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच ऊर्जा व्यापारका लागि अन्तरसम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको छ।

उक्त निर्माण शुभारम्भ कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए-नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा अर्थमन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि र दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुऱ्याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता रहने बताए। 

यस १८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्ने करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ। ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन्२०२४ अन्तर्गत स्वच्छ जलविद्युत्भारत निर्यात गर्नमा नेपाललाई सघाउ पु¥याउनेछ। आयोजना सम्पन्न भएपछि यसले देशका लागि विद्युत् आपूर्ति थप भरपर्दो बनाउनुका साथै विद्युत् चुहावट घटाउनेछ।

नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउने महत्त्वपूर्ण भूमिका खेल्नेछ, जसबाट व्यवसाय सञ्चालन खर्च घट्ने, नयाँ निजी लगानी आकर्षित हुने र राष्ट्रिय विकास प्राथमिकतामा पुनःलगानी गर्न सकिने थप राजस्व आर्जन हुने अपेक्षा गरिएको छ।

 


प्रकाशित : बुधबार, मंसिर १० २०८२१३:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend