शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एलजी नेपालले सार्वजनिक एलजी एआई टीभी

बुधबार, मंसिर १० २०८२
एलजी नेपालले सार्वजनिक एलजी एआई टीभी

 काठमाडौ‌‌- उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रको अग्रणी एलजी नेपालल ले नेपालमा नयाँ पुस्ताका एलजी एआई टीभी सार्वजनिक गरेको छ ।

एफेक्सनेट इन्टेलिजेन्समा आधारित र एलजी को अत्याधुनिक अल्फ एआइ प्रोसेसर जेन२ द्वारा सञ्चालित यो टिभीले प्रयोगकर्ताको व्यवहार, रुचि र वरपरको वातावरणलाई रियल टाईम मै विश्लेषण गरी इमेज तथा ध्वनिको गुणस्तर स्वचालित रूपमा अनुकूलन गर्ने कम्पनिले जनाएको छ । 

नयाँ एलजी एआई टीभी ले दैनिक जीवनका नियमित कामदेखि मनोरञ्जन सँगै प्रत्येक घरमा अझै स्मार्ट र सहजता प्रदान गर्ने लक्ष्य लिएको छ । 
यसमा एआई च्याटकार्ड मार्फत प्राकृतिक संवादबाट छिटो सहायता, एआई कन्सर्ज मार्फत रुचि अनुसारको सामग्री तथा जीवनशैली सुझाव एआई पिक्चर, एआई पिक्चर विजार्ड र एआई साउन्ड विजार्ड मार्फत वातावरण तथा सामग्री अनुसार उत्कृष्ट दृश्य र ध्वनि सेटिङ, एआई सर्च जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन् । 

एलजीका मार्केटिङ प्रमुख मुकेश कुमार बैठालले एलजी आई टीभी नेपालमा भित्रियसँगै ,इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको सुरुवात भएको बताए । यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरुसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएका उनको भनाई छ ।

एलजी एआई टीभी अहिले नेपालभर रहेका सबै आधिकारिक एलजी शोरूम तथा रिटेल पार्टनरहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।


प्रकाशित : बुधबार, मंसिर १० २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend