बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

सुनको मूल्य बढ्यो

बुधबार, मंसिर १० २०८२
सुनको मूल्य बढ्यो

मंगलबार ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- ५ हजार २ सय रुपैयाँले बढेर मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यो साता आइतबार २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै मंगलबार ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। 

गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।


प्रकाशित : बुधबार, मंसिर १० २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend