बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : चन्द्रप्रसाद ढकाल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ९ २०८२
औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : चन्द्रप्रसाद ढकाल

ढकालले भदौ २३-२४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै व्यक्तिगत र लगानीको सुरक्षालाई प्राथमिकता दिनु पर्ने बताए।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको  बताएका छन्।  

'औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार' भन्ने नारा सहित ११औं राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार विभागमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाहरुले गर्दा उद्योगी व्यवसायीले झण्झट व्यहोर्नुपरेको बताए। 

'हामी कहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्थाहरु धेरै भए। व्यवसायिक वातावरण सहज र सरल गर्नुै पर्नेमा झटिलता र झण्झट थपिँदै गएको छ। यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्थाहरु कम गर्दै जानुु पर्दछ' ढकालले भने।   

ढकालले भदौ २३-२४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै व्यक्तिगत र लगानीको सुरक्षालाई प्राथमिकता दिनु पर्ने बताए।  

पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले गरको नीतिगत सुधारहरु सकारात्मक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले भएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

यस्तै अध्यक्ष ढकालले नेपालको निर्यात व्यापारको अवस्था सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइने नगद अनुदानलाई निरन्तरता दिनु पर्ने बताए।

'नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्दछ। अहिले आर्थिक चाप छ भने यसको हिसाब राखौँ र पछि भुक्तानी गर्ने व्यवस्था मिलाऔँ। तर यसको निरन्तरता आवश्यक छ' उनले भने।

उद्योग विभागले गत अजोज महीनामा एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी गराएको थियो। 

उनले देश विकासको लागि बाह्य लगानीसंगै आन्तरिक पुँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने बताए।

'सरकारले वैकल्पिक विकास वित्त कोषको कुरा गर्नुअघि नै सरकारलाई नै सहयोग पुगोस् भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम सुरु गरेका छौँ। यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि आवश्यक पुँजीको व्यवस्थापन गर्न सकिने छ' उनले भने। 

अध्यक्ष ढकालले स्टार्टप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले कोष स्थापना गरेको कदम सकारात्मक भएको बताउँदै उद्यमशीलताको विकास रोजगारी सिर्जनाको क्षेत्रमा महासंघ सधैं सहकार्यको लागि तयार रहेको बताए।


प्रकाशित : मंगलबार, मंसिर ९ २०८२१७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend