शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सानिमा बैंक तानसेन शाखाबाट दुईजना छात्रालाई छात्रवृत्ति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ९ २०८२
सानिमा बैंक तानसेन शाखाबाट दुईजना छात्रालाई छात्रवृत्ति

काठमाडौं- सानिमा बैंक लिमिटेड तानसेन शाखाले शैक्षिक सत्र २०८२ का लागि आर्थिक रूपमा कमजोर तथा विपन्नमध्येबाट दुईजना छात्रालाई कक्षा ११ र १२ अध्ययन गर्नका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।

२०८१ सालमा सञ्चालित एसईई परीक्षा उत्तीर्ण गर्ने गरिब तथा विपन्न, पिछडिएको वर्ग तथा अपाङता भएका जेहेन्दार विद्यार्थीहरु मध्येबाट पृष्ठभूमिबाट आएका विद्यार्थीहरूलाई लक्षित गरी संचालन गर्दै आएको वार्षिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत दुईजना छात्रालाई माध्यमिक तह कक्षा ११ र १२ अध्ययन गर्नका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो।

यस वर्षका लागि चयन भएका विद्यार्थीहरूमा देवबाणि माध्यमिक विद्यालयकी रोशनी पाण्डे र  सिता माध्यमिक विद्यालयकी सन्दिका बस्याल रहेका छन्।

सानिमा बैंकले आफ्नो ‘समुदायसँगको सहकार्य तथा सामाजिक उत्तरदायित्व’ कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकताका रूपमा राख्दै प्रत्येक वर्ष नियमित रूपमा छात्रवृत्ति वितरण, शैक्षिक सहयोग तथा क्षमता अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने बैंकको विश्वास रहेको छ।

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै बैंकका तानसेन शाखा प्रबन्धक तारानाथ न्यौपानेले छात्रवृत्ति प्राप्त विद्यार्थीहरूलाई बधाई एवं शुभकामना व्यक्त गर्दै भने 'सानिमा बैंकले सदैव सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न भागका रूपमा लिँदै आएको छ। हाम्रो उद्देश्य आर्थिक अभावका कारण प्रतिभावान विद्यार्थीहरूको शिक्षामा अवरोध नआओस् भन्ने हो। आगामी दिनमा पनि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक उत्थानमा योगदान पुर्याउनेछ।'

बैंकले आशा व्यक्त गरेको छ कि छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा अझ सशक्त बनाउँदै समाजको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिनेछन्।


प्रकाशित : मंगलबार, मंसिर ९ २०८२१६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend