काठमाडौं- इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ब्रान्डले आफ्नो प्रिमियम सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई फोरके गुगल टीभीका तीन मोडेल ६५ इन्च, ५५ इन्च र ४३ इन्च नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीका प्रतिनिधि अनुसार, 'सीजी मेरिडिया सिग्नेचर सिरिज नेपालमा एआई टेलिभिजन प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो र सधैँ उच्च गुणस्तरीय, प्रिमियम र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउने उद्देश्यमा केन्द्रित छ। हाम्रो नयाँ एआई फोरके गुगल टीभी श्रृंखला नेपाली उपभोक्तालाई विश्वस्तरीय प्राविधिक अनुभव घरेलु मूल्यमा उपलब्ध गराउने र विशेषगरी एनपीएल लाई ध्यानमा राखेर सार्वजनिक गरिएको हो, जहाँ उपभोक्ताले, आफ्नै घरमै बसेर खेलकुदको स्टेडियम-जस्तो अनुभव र चलचित्र हेर्दा हलको जस्तो थिएटर अनुभव मज्जाले आफ्नै लिभिङ रुममा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ ल्याइएको हो। यसले केवल मनोरञ्जन अनुभव सुधार्ने मात्र होइन, घरभित्रको डिजिटल इन्टरएक्शनलाई पनि स्मार्ट, सरल र व्यक्तिगत बनाउनेछ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत विश्वास जितेको जनाएको छ।
मुख्य विशेषताहरू
- एआई स्किन डिटेक्सन: मानव अनुहार र छालाको रंग, बनावट र टोन विश्लेषण गरी प्राकृतिक, सफा र जीवनजस्तो देखिने बनाउँछ।
- एआई मोसन क्ल्यारिटी: द्रुत गतिका खेलकुद, एक्सन फिल्म र गेमिङ दृश्यहरूमा मोसन ब्लर र घोस्टिङ घटाउँछ, दृश्य स्मूद र स्पष्ट हुन्छ।
- एमईएमसी मोर फेम्स मोर क्लियर: थप फ्रेम सिर्जना गरी दृश्यलाई स्मूद र स्थिर बनाउँछ, हल्लिएको वा धमिलो दृश्य कम हुन्छ।
- एआई डायलर क्ल्यारिटी इन्हान्सर : एआई अडियो विश्लेषणमार्फत संवादलाई पृष्ठभूमि आवाजबाट अलग गरी स्पष्ट सुनिन्छ।
- फाइन्ड माइ रिमोट कन्ट्रोल
- अन्य एआई क्षमता


