बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

वीरगञ्ज नाका हुँदै चार महिनामा २ खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँको सामान भित्रियो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ९ २०८२
वीरगञ्ज नाका हुँदै चार महिनामा २ खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँको सामान भित्रियो

वीरगञ्ज नाका हुँदै चार महिनामा ५४ अर्ब १२ करोड मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भएको छ। २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान आयात भएको छ।

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा २ खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ।

गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ। गत आवको चार महिनाको अवधिमा दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो। 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै १८ प्रतिशत वृद्धि भएको जानकारी दिए। 'गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा मात्रै नभएर राजस्व संकलनमा समेत वृद्धि भएको छ,' उनले भने।

कार्यालयका अनुसार गत आवको चार महिनामा कार्यालयले ६६ अर्ब ७३ करोड राजस्व संकलन गरेको थियो। तर चालु आवको चार महिनामा भने ७५ अर्ब ५९ करोड राजस्व संकलन गरेको छ।

वीरगञ्ज नाका हुँदै चार महिनामा ५४ अर्ब १२ करोड मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यस्तै सोही अवधिमा २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान आयात भएको छ। १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा भित्रिएका छन्। 

वीरगञ्ज नाका हुँदै चार महिनामा १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, १६ अर्ब चारको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा तथा १५ अर्ब ४३ करोडको मलखाद आयात भएको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर ९ २०८२१३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend