बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आज भारतमा सार्वजनिक हुँदै अल न्यु टाटा सियरा, छिट्टै नेपाल आउने

मंगलबार, मंसिर ९ २०८२
आज भारतमा सार्वजनिक हुँदै अल न्यु टाटा सियरा, छिट्टै नेपाल आउने

सियरा टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको एसयूभी हो। यसको अगाडिको भाग पुरानो मोडेलभन्दा पूर्ण रूपमा फरक देखिएको छ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले बहुप्रतिक्षित नयाँ एसयूभी सियरा आज सार्वजनिक गर्दैछ। केही दिनअघि सफ्ट लन्च गरेको टाटा मोटर्सले नोभेम्बर २५ अर्थात आज मूल्यसहित अन्य विशेषताहरु सार्वजनिक गर्नेछ। 

पहिलो चरणमा कम्पनीले भारतीय बजारमा नयाँ सियरा एसयूभीको पेट्रोल भर्सन सार्वजनिक भएको हो। अल न्यु टाटा सियरा एयसूभी सार्वजनिक भएसँगै भारतमा औपचारिक रुपमा बुकिङसमेत खुल्ने अनुमान गरिएको छ। 

टाटा मोटर्सले भारतमा सियराको आईसीई भर्सन सार्वजनिक भएको केही समयमै सियरा ईभी भेरियन्ट पनि चाँडै सार्वजनिक हुनेछ। टाटाले २०२६ को सुरुवातमै सियरा ईभी सार्वजनिक गर्ने अनुमान गरिएको छ। 

सियरा टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको एसयूभी हो। यसको अगाडिको भाग पुरानो मोडेलभन्दा पूर्ण रूपमा फरक देखिएको छ। बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलईडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलईडी टेललाइट दिइएको छ। 

टाटा मोटर्सले सियरामा ठूलो १९ इन्चको अलोय ह्वील, फ्लस डोर ह्यान्डल, सिल्हूट कर्नरिङ फग लाइट जडान गरेर यो एसयूभीलाई आकर्षक बनाएको छ। टाटाले सियरा एसयूभी कम्पनीकै सबैभन्दा धेरै टेक फिचर भएको एसयूभी मोडलका रुपमा सार्वजनिक गर्दैछ। यसमा ट्रिपल स्क्रीन ड्यासबोर्ड रहेको छ। यो टाटा मोटर्सले उत्पादन गरेको कारमा भएका मध्येको सबैभन्दा युनिक विशेषता हो। १२.३ इन्चको दुइटा र १०.२५ इन्चको एउटा टचस्क्रीन राखिएको छ।

सियरामा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले स्टेरिङ-माउन्ट, डुअल जोन क्लाइमेट कन्ट्रोल, चंकी स्टीयरिङ ह्वील लेदरेट, भेन्टिलेटेड फ्रन्ट सिट, प्रिमियम अडियो सिस्टम, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ अगाडि र पछाडिको आर्मरेस्ट, पछाडिको एसी भेन्टहरू, आईआरभीएमसमेत उपलब्ध रहेको छ। 

नयाँ सियराको इन्जिन पहिलाको भन्दा पावर फुल छ। यसमा १.५ लिटर क्षमताको डाइरेक्ट इन्जेक्सन टर्बाे चाज्र्ड पेट्रोल इन्जिन छ। उक्त इन्जिनले १ सय ७० हर्सपावर र २ सय ८० न्यूटन मिटर टर्क उत्पन्न गर्छ। यसमा ६ स्पीडको म्यानुअल र ७ स्पीडको अटोमेटिक गियरबक्स रहेको छ।

त्यस्तै सियरा १.५ लिटर डिजेल इन्जिनमा पनि उपलब्ध छ। यसले १ सय १८ हर्सपावर र २ सय ६० न्युटन मिटर टर्क दिन्छ। यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, ईएससी, ३६० डिग्री क्यामेरा, लेभल २ एडास, क्रुज कट्रो, स्वचालित इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपाचर अलर्टलगायत विशेषताहरु उपलब्ध छ। 

भारतमा सार्वजनिक भएको केही समयपछि टाटाको नयाँ सियरा एसयूभी नेपाली बजारमा पनि आउनेछ। भारतमा आईसी इन्जिनयुक्त सियरा पहिला सार्वजनिक भएपनि नेपालमा भने आईसी इन्जिन वा ईभी सियरा पहिले आउने भन्ने खुलेको छैन। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सियरा आईसीई र ईभी दुवै भर्सन ल्याउने अनुमान गरिएको छ। 


प्रकाशित : मंगलबार, मंसिर ९ २०८२०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend