शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई सिरोप्राक्टिक थेरापी सेन्टरमा १० प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ८ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई सिरोप्राक्टिक थेरापी सेन्टरमा १० प्रतिशत छुट

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुले सिरोप्राक्टिक एन्ड थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।  

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा एप मार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्नद्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।


प्रकाशित : सोमबार, मंसिर ८ २०८२१६:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend