शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कुमारी बैंक लिमिटेड र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ८ २०८२
कुमारी बैंक लिमिटेड र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बन्दिपुर केबलकारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। 

सम्झौताबमोजिम बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरिआएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठबीच छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।


प्रकाशित : सोमबार, मंसिर ८ २०८२१६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend