बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

सुमनराज अर्याल बने मुख्यसचिव

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ८ २०८२
सुमनराज अर्याल बने मुख्यसचिव

सचिव भएदेखि मन्त्रालयको जिम्मेवारी नलिएका अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेको हो।

काठमाडौं- सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। 

तथ्यांक समूहबाट आएर सचिव बनेका अर्याल अहिले रक्षासचिव रहेका छन्। सचिव भएदेखि मन्त्रालयभन्दा धेरै प्रधानमन्त्री, योजना आयोग जस्ता ठाउँमा भुमिका पाएका अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेको हो। 

भदौमा भरतमणि सुवेदीले राजिनामा दिएको र भदौ २३ र २४ को विद्रोहको समयमा गृहसचिव रहेका गोकर्णमणि दवावडीलाई जाँचबुझ आयोगले स्थानहदसमेत तोकेकाले अर्याल नै वरिष्ठतम सचिव रहेका थिए।


प्रकाशित : सोमबार, मंसिर ८ २०८२१६:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend