बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन, लक्ष्यको ८५ प्रतिशतमात्रै

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ८ २०८२
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन, लक्ष्यको ८५ प्रतिशतमात्रै

वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौ महिनामा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड र कात्तिक महिनामा भने १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ।

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ७५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। 

भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा ८९ अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको हो।

चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व संकलन उत्साहजनक देखिएको छैन। 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको बताए।

'चालु आवको तीन महिनामा राजस्व संकलन लक्ष्य उन्मुख भइरहेको थियो', उनले भने, 'कात्तिक महिनामा २३ अर्ब ६३ करोड लक्ष्य राखिएकामा सो अवधिमा १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ।' 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौ महिनामा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड र कात्तिक महिनामा भने १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर ८ २०८२१२:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend