काठमाडौं- आइतबार २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार १ हजार ९ सय रुपैयाँले घटेको छ।
आज सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो।
यसैगरी आइतबार प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार ३ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।


