काठमाडौं- चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिक मसान्तसम्ममा (४ महिना) ७ खर्ब ५४ करोड रुपैयाँ भन्दा बढीका ३२ सय २ विद्युतीय कार/जिप/भ्यान नेपाल भित्रिएका छन्।
भन्सार विभाग अनुसार चालु आवको ४ महिनामै ५० किलोवाट सम्ममा १ हजार २ वटा, ५१ देखि १०० किलोवाटसम्मका १८ सय २६ वटा, १०१ देखि २०० किलोवाटसम्मका ३ सय ७४ वटा र २०१ किलोवाट माथिका १ वटा विद्युतीय सवारी आयात भएको छ।
विभाग अनुसार ३२ सय २ वटा विद्युतीय सवारी आयातबाट राज्यले ४ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी राजस्व समेत संकलन गरेको छ।
