बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

पहिलोपटक सरकारी सवारीसाधनको पूर्ण निर्जीवन बीमा सुरु

आइतबार, मंसिर ७ २०८२
पहिलोपटक सरकारी सवारीसाधनको पूर्ण निर्जीवन बीमा सुरु

कोषबाट हुने खर्चमा कमी आउने, प्राथमिकताकाप्राप्त क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक वित्त व्यवस्थान प्रभावकारी हुने अपेक्षासमेत रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं- सरकारी सवारीसाधनको पूर्ण (कम्प्रिहेन्सिभ) निर्जीवन बीमा सुरु भएको छ। पहिलो चरणमा अर्थ मन्त्रालयको स्वामित्वमा रहेको २० वटा चारपांग्रे सवारीसाधन नेपाल बीमा कम्पनीमार्फत पूर्ण बीमा गरिएको हो।

यसबाट आगामी दिनमा सरकारी सवारीसाधन आगलागी, दुर्घटनाजस्ता कारणबाट क्षति हुन गएमा बीमा दाबीको रकमबाट सवारीसाधन खरिद गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ।

जसका कारण कोषबाट हुने खर्चमा कमी आउने, प्राथमिकताकाप्राप्त क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक वित्त व्यवस्थान प्रभावकारी हुने अपेक्षासमेत रहेको मन्त्रालयले जनाएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकारी सवारीसाधनमा आगाली हुँदा ठूलो क्षती भएको थियो। त्यसलगत्तै बनेको सरकारले २०८२ असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारी सवारीसाधनको पूर्ण निर्जीवन बीमा गर्ने निर्णय गरेको थियो।


प्रकाशित : आइतबार, मंसिर ७ २०८२१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend