काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। गएको शुक्रबार १ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज आइतबार २ हजार ९ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार सुन प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज आइतबार चाँदी प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार चाँदी ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।


