काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ।
आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
विभागका अनुसार बंगालको खाडीमा विकास हुँदै गरेको चक्रवात र पश्चिमी वायुले त्यतिबेला पानी पार्न सक्नेछ।
पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका अधिकांशक सहरको वायु अस्वस्थकर बन्दै गएको छ। वन डढेलो र आगलागीका घटनामा पनि बढोत्तरी आएका छन्।