काठमाडौं- सिजी ब्रान्डको 'दसैँ-तिहार योजना' अन्तर्गत सञ्चालित 'स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र'को विजेता घोषणा गरिएको छ।
यस योजनामा सहभागी ग्राहकहरूमध्येबाट झापा जिल्ला, बिर्तामोड निवासी केशव खनाल विजेता बन्न सफल भएका छन्। विजेता खनाललाई एक विशेष कार्यक्रमका बीच कम्पनीले ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गतको विशेष होम एप्लायन्सेस गिफ्ट प्याक उपहार स्वरूप प्रदान गरेको छ।
सिजी ब्राण्डले लामो समयदेखि नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यले उत्कृष्ट गुणस्तरका साना घरायसी उपकरणहरू उपलब्ध गराउँदै आएको छ। मिक्सर-ग्राइन्डर, जुसर, ब्लेन्डर, कुकर, इन्डक्शन चुलो, फ्यान, हिटर, भ्याकुम क्लिनर, इलेक्ट्रिक केतली, टोस्टर, ग्रिलर र कफी मेकर जस्ता उपकरणहरू सुपथ मूल्य, आकर्षक डिजाइन र दीर्घकालीन कार्यक्षमतासहित बजारमा उपलब्ध छन्।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।
देशभर २० वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।
यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।


