बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

रघुगंगाको मौवाफाँटमा पक्की सडक निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ५ २०८२
रघुगंगाको मौवाफाँटमा पक्की सडक निर्माण

ढल व्यवस्थापन गर्न नौ वटा ह्युमपाइप बिछ्याइएका छन् भने २२५ मिटर पक्की नाला र पर्खाल पनि निर्माण गरिएको छ।

म्याग्दी- रघुगंगा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ। 

मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको छ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भएको छ। पक्की सडक बनेपछि स्थानीय हर्षित छन्। 

ढल व्यवस्थापन गर्न नौ वटा ह्युमपाइप बिछ्याइएका छन् भने २२५ मिटर पक्की नाला र पर्खाल पनि निर्माण गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर ५ २०८२११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend