काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज शुक्रबार दुवै धातुको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदी ८५ रुपैयाँले घटेको छ।
आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।


