शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा एनआईसी एसिया बैंकको 'सेयर लोन'

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ४ २०८२
शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा एनआईसी एसिया बैंकको 'सेयर लोन'

योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ।

काठमाडौं- ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाझ विश्वसनीय बैंकिङ अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा एनआईसी एसिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा 'एनआईसी एसिया सेयर लोन' योजना सार्वजनिक गरेको छ।

ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस सेयर कर्जा योजना सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ।

प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको सुविधाले भरिपूर्ण बैंकको कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको जनाएको छ।


प्रकाशित : बिहीबार , मंसिर ४ २०८२१७:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend