शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

खल्ती ट्रान्सफर लिग - खल्तीबाट फन्ड ट्रान्सफर गर्दा बाइक जित्ने मौका

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ४ २०८२
खल्ती ट्रान्सफर लिग - खल्तीबाट फन्ड ट्रान्सफर गर्दा बाइक जित्ने मौका

काठमाडौं- आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले "खल्ती ट्रान्सफर लिग" नामक नयाँ अफर सार्वजनिक गरेको छ।

अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ गते देखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ।

खल्तीबाट विभिन्न फन्ड ट्रान्सफर कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक, साप्तहिक र बम्पर पुरष्कार जित्नेछन्। 

खल्तीबाट खल्तीमा ट्रान्सफर गर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्सफर गर्दा ४ रन र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने र यी रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट, ५० रनमा हरेक हप्ता सिएमएफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन १६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिन्छ।


प्रकाशित : बिहीबार , मंसिर ४ २०८२१७:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend