काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज बिहीबार दुवै धातुको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ भने चाँदी ३५ रुपैयाँले बढेको छ।
आज बिहीबार एक तोला सुनको मोल २ लाख ४३ हजार रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।


