काठमाडौं- खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा एनपीएलका खेल अवधिमा राति घर फर्किन सवारीसाधन नभएका नागरिकका लागि निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ।
विशेष गरी महिला, वृद्ध र अशक्तलाई लक्षित गर्दै बेलुकी ६ बजेदेखि ८ बजेसम्म बस उपलब्ध गराइने जनाइएको छ।
बस सेवा सञ्चालन हुने रुटहरू यस प्रकार छन्:
रुट १: टीयू गेट – स्वयम्भू – बालाजु
रुट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३: टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिल
रुट ४: टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर
खेलकुद मन्त्रालयले नागरिकहरूले सहज रूपमा बस सेवा प्रयोग गर्न सक्ने र सुरक्षामा विशेष ध्यान दिइने जनाएको छ।