बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिमरा विमानस्थलको सबै उडान तथा अवतरण बन्द

बुधबार, मंसिर ३ २०८२
सिमरा विमानस्थलको सबै उडान तथा अवतरण बन्द

काठमाडौं- सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आज बुधबारका लागि निर्धारित सबै उडान रद्द भएको छ।

सिमरामा पाँचवटा उडान तालिका राखेको बुद्ध एयरको एउटामात्रै उडान भएको थियो। दोस्रो उडानमा नेकपा एमालेका महासचिव शंखर पौडेले र नेता महेश बस्नेत सिमरा उड्ने तयारीमा थिए। उनीहरू सवार जहाज पार्किङ वेबाट उडानमा जाने तयारीमा थियो।

सिमरा विमानस्थलमा पौडेल र बस्नेत सवार जहाज अवतरण हुने नदिने भन्दै विरोध सुरु भएको थियो। सिमरा विमानस्थलको गेटसमेत भत्किएको छ।

विमानस्थलमा भिड बढेपछि विमानस्थल कार्यलयले सबै उडान तथा अवतरण बन्द गराएको हो। जसका कारण यात्रुहरू अलपत्र परेका छन्।


प्रकाशित : बुधबार, मंसिर ३ २०८२१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend