बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल वायुसेवा निगमको कार्यबाहक महाप्रबन्धकमा अमृतमान श्रेष्ठ

बुधबार, मंसिर ३ २०८२
नेपाल वायुसेवा निगमको कार्यबाहक महाप्रबन्धकमा अमृतमान श्रेष्ठ

काठमाडौं- सरकारले नेपाल वायुसेवा निगमको कार्यबाहक महाप्रबन्धकमा सञ्चालक समितका सदस्य अमृतमान श्रेष्ठलाई नियुक्त गरेको छ।

खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट प्रक्रिया सुरु भएपनि नियमति काम नरोक्नका लागि श्रेष्ठलाई कार्यबाहक महाप्रबन्धकमा नियुक्ति गरिएको जनाइएको छ।

सरकारले कात्तिक ७ गतेदेखि खालि भएको महाप्रबन्धक पदमा केही सयम अगाडि निमित्त महाप्रबन्धकमा निगमका सबैभन्दा सिनियर कर्मचारी जनक कालाखेतीलाई नियुक्त गरेको थियो।

निमित्तको आधारमा दीर्घकालीन असर पर्ने र पूर्णरुपमा काम गर्न असहज हुने विषयमा कालाखेतीले बोर्ड तथा सरकारलाई जानकारी गराएका थिए। त्यसलगत्तै सरकारले अमृतमान श्रेष्ठलाई कार्यबाहक महाप्रबन्धक नियुक्ति गरेको हो।

नियुक्ती पाएका श्रेष्ठले पदभार ग्रहण नगरेको र ‌‌औपचारिक रुपमा पत्रसमेत नआइसेको निगम प्रवक्ता अनिल घिमिरेल‍े बताए। उनले श्रेष्ठलाई नियुक्ति गरेको जानकारी मन्त्रालयबाट पाएको र पत्र बन्ने क्रममा रहेको  बताए।

निगम बोर्ड अध्यक्षको जिम्मेवारी भने विक्रम राईलाई यसअघि नै दिइसकिएको छ।


प्रकाशित : बुधबार, मंसिर ३ २०८२१३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend