काठमाडौं- सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको 'क्रम्सन दसैँ-तिहारको ठूलो हर्ष' अभियान अन्तर्गत भाग्यशाली लक्की ड्रको विजेता घोषणा गरेको छ।
लक्की ड्र अन्तर्गत कृष्ण मल्लले क्रम्सन मिक्सर ग्रिन्डर जितेका छन्। क्रम्सन भारतको सबैभन्दा विश्वासिलो ब्राण्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय फ्यान, एयर कुलर, वाटर हिटर, मिक्सर ग्रिन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ।
सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्वस्तरीय ब्राण्डहरुलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।


