बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नाफा स्वीकार गरेर कर लिने तर घाटा स्वीकार नगरेर त्रास सिर्जना गर्ने भन्ने हुँदैन : अर्थमन्त्री रामेश्वर खनाल

बुधबार, मंसिर ३ २०८२
नाफा स्वीकार गरेर कर लिने तर घाटा स्वीकार नगरेर त्रास सिर्जना गर्ने भन्ने हुँदैन : अर्थमन्त्री रामेश्वर खनाल

'नाफा स्वीकार गरेर कर लिने तर घाटा स्वीकार नगरेर त्रास सिर्जना गर्ने भन्ने हुँदैन। व्यवसायमा घाटा हुनै सक्दैन भनेर कतै लेखिएको छैन। त्यसैले ट्याक्स क्रेडिटमा कुनै समस्या छैन।'

काठमाडौं- स्वचालित र अनुमानयोग्य हुनुपर्ने कर प्रणाली तथा प्रशासन जड अभ्यासबाट मुक्त हुनुपर्ने अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्।

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले कानूनमा लेखेकोभन्दा फरक अभ्यासमा आधारित हुन नहुने बताएका हुन्। 

कुनै पनि कम्पनीको घाटा स्वीकार नगर्ने अभ्यास रहेको व्यवसायीको गुनासो आफूले पनि सुनेको र त्यसलाई सुधार गर्न छलफल तथा निर्देश गरिसकेको उनले बताए। 

'नाफा स्वीकार गरेर कर लिने तर घाटा स्वीकार नगरेर त्रास सिर्जना गर्ने भन्ने हुँदैन। व्यवसायमा घाटा हुनै सक्दैन भनेर कतै लेखिएको छैन। त्यसैले ट्याक्स क्रेडिटमा कुनै समस्या छैन' उनले भने।


प्रकाशित : बुधबार, मंसिर ३ २०८२१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend