काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको छ। मंगलबारको तुलनामा आज बुधबार सुनचाँदीको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय ले बढेको छ भने चाँदी ६० रुपेयाँले बढेको छ।
आज बुधबार एक तोला सुनको मूल्य २ लाख ४२ हजार ३ सय रुपैयाा निर्धारण भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ५० रुपैयाा कायम भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।


