बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

कन्ट्री रेटिङमा नेपालले पायो 'बीबी माइनस'

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २ २०८२
कन्ट्री रेटिङमा नेपालले पायो 'बीबी माइनस'

विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ।

काठमाडौं- नेपालले सन् २०२५ का लागि फिल्च रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ 'बीबी माइनस' प्राएको छ। गत वर्षको  मूल्यांकनबाट पनि नेपालले यही रेटिङ प्राप्‍त गरेको थियो।

पछिल्ला महिनाहरूमा देखिएको सामाजिक-राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै  समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्ने अर्थ मन्त्रालयले जनाएको छ।

चुनावकेन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको अर्थको भनाइ छ। साथै नेपालले प्राप्त गरेको यो रेटिङले मुलुकभित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट संकेत दिएको छ।

मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्‍न यो रेटिङले मद्दत पुर्‍याउने अर्थको भनाइ छ।

विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ।


प्रकाशित : मंगलबार, मंसिर २ २०८२१७:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend