शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

शिखर इन्स्योरेन्सको २१ औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २ २०८२
शिखर इन्स्योरेन्सको २१ औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

देशभरी बढ्दो रगतको माग रहेको परीपेक्षमा यस कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरुको अगुवाईमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो।

सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशि प्रदेशबाट ५३ युनिट, मधेश प्रदेशबाट १६७ युनिट, बागमती प्रदेशबाट ६३९ युनिट, गण्डकी प्रदेशबाट ७९ युनिट, लुम्बिनी प्रदेशबाट ४३५ युनिट, कर्णाली प्रदेशबाट ४४ युनिट र सुदुरपश्चिम प्रदेशबाट २२ युनिट गरी कुल १४३९ युनिट रगत जम्मा भएको छ।   

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मार्गदर्शन, व्यवस्थापन तथा योगदान प्रदान गर्नुहुने कम्पनीको संचालक समिति, प्रमुख कार्यकारी अधिकृतज्यू, व्यवस्थापक समिति, आयोजक कार्यालयहरु, नेपाल रेडक्रस परिवार, रक्तदाता तथा सम्पूर्ण सहयोगी प्रति यस कम्पनी आभार प्रकट गरेको जनाएको छ।


प्रकाशित : मंगलबार, मंसिर २ २०८२१६:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend