आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

रुस-युक्रेन द्वन्द्वको नेपालमा असर : बढ्यो खाने तेलको मूल्य 

images
आइतबार, फागुन २२ २०७८
images
रुस-युक्रेन द्वन्द्वको नेपालमा असर : बढ्यो खाने तेलको मूल्य 

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ र रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख रूपैयाँको कच्चा तेल आयात भएको छ।

images
images

काठमाडौं- रुस र युक्रेनबीचको द्वन्द्वका कारण नेपालमा समेत खाने तेलको मूल्य बढेको छ।

images
images
images

स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ठूलो अंकमा बढेको हो। अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन्।

images
images

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीहरूले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ।

images
images

नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ।  यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख  र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपुर्तीमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए। उनले दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सन्फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्रा बिक्री गर्दै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको बताए।

यस्तै, सोयाबिन तेल प्रतिलिटर २ सय ३० मा बिक्री गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको बताए। उनले मूल्य बढे पनि सरकारी निकायहरूले अनुगमनमा चासो नदेखाएको गुनासो गरे। उनले रुसले युक्रेनमाथि आक्रमण गर्नुपूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवद्धि भइसकेको समेत बताए।

संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले हाल खाने तेल लगायत खाद्यान्नमा भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारका निकायले छलफल अगाडी बढाउन आवश्यक रहेको पनि औँल्याए। उनले हालको अवस्थालाई सहज बनाउन व्यापारी, उद्योगी, व्यवसायी लगायत सबै सम्बन्धीत निकायसँग तत्काल छलफल अगाडि नबढाए मूल्य थप चुलिँदै जाने जोखिम रहेको बताए।


प्रकाशित : आइतबार, फागुन २२ २०७८१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend