बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

बेलायत पठाइदिने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २ २०८२
बेलायत पठाइदिने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ

'पक्राउ परेकामध्ये तिमल्सिनाले ३० लाख ५० हजार तथा खोखालीले ११ लाख ५० हजार कामदार भिषामा युके पठाउने भन्दै एक जनाबाट ४२ लाख रकम लिई फरार रहेको उजुरीका आधारमा पक्राउ गरिएको हो।'

काठमाडौं- कामदार भिषामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भई हाल काठमाडौं गोकर्णेश्वर-७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भई गोकर्णेश्वर-७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए।

'पक्राउ परेकामध्ये तिमल्सिनाले ३० लाख ५० हजार तथा खोखालीले ११ लाख ५० हजार कामदार भिषामा युके पठाउने भन्दै एक जनाबाट ४२ लाख रकम लिई फरार रहेको उजुरीका आधारमा पक्राउ गरिएको हो' उनले भने।

फेसबुक पेजमा जेन शिक्षा मब नामक कन्सल्टेन्सीका सञ्चालक आशिष खोखालीसमेत भएको ठगीसम्बन्धी कसुर मुद्दामा निजहरुलाई काठमाडौं-१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए।


प्रकाशित : मंगलबार, मंसिर २ २०८२१४:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend