शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनचाँदीको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २ २०८२
सुनचाँदीको मूल्य घट्यो

गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो।

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज मंगलबार सुनको मूल्य तोलाको ३ हजार ८ सय र चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५ सय र चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।

 


प्रकाशित : मंगलबार, मंसिर २ २०८२११:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend