बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सतर्कता केन्द्रलाई चार बुँदे निर्देशन

मंगलबार, मंसिर २ २०८२
प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सतर्कता केन्द्रलाई चार बुँदे निर्देशन

प्रधानमन्त्री कार्यालयका अनुसार, यी निर्देशनहरूले राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारिता बढाउँदै भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सुशासनको अभियानलाई सुदृढ बनाउने क्रममा राष्ट्रिय सतर्कता केन्द्रलाई थप सक्रिय बनाउने विषयमा छलफल गरेकी छन्।

जेनजी आन्दोलनको मूल माग भ्रष्टाचारविरुद्धको कारबाही रहेकोले केन्द्रको भूमिका प्रभावकारी हुनु आवश्यक रहेको भन्दै उनले सक्रियता देखाएकी छन्।

प्रधानमन्त्री कार्कीले केन्द्रलाई चार बुँदे निर्देशन दिएकी छन्।

पहिलो, सार्वजनिक निकायबाट हुने ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार सम्बन्धी उजुरीमा केन्द्रको भूमिका प्रभावकारी बनाइ भ्रष्टाचार रोक्ने वातावरण सिर्जना गर्नुपर्ने। दोस्रो, सेवा प्रवाह प्रभावकारी बनाउन नियमन र अनुगमनलाई बढावा दिनुपर्ने र केन्द्रले आफ्ना निर्देशन पालना भए-नभएको अनुगमन गर्नुपर्ने।

तेस्रो, विकास निर्माण योजनामा गुणस्तरीय काम, तोकिएको समय र लागतमा सम्पन्नता सुनिश्चित गर्ने जिम्मेवारीमा केन्द्रको ध्यान पुग्न नसकेको उल्लेख गर्दै आवश्यक जनशक्ति र वित्तीय स्रोतको व्यवस्था गर्नुपर्ने। चौथो, आम नागरिकले अनुभूति गर्न सक्ने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउनुपर्ने निर्देशन दिइएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार, यी निर्देशनहरूले राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारिता बढाउँदै भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित : मंगलबार, मंसिर २ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend