शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सीजी डिजिटलको २१ ‍औँ शोरूम बुटवलमा उद्घाटन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १ २०८२
सीजी डिजिटलको २१ ‍औँ शोरूम बुटवलमा उद्घाटन

बुटवल- सीजि डिजिटलको २१ ‍औँ शोरुम बुटलवमा स्थापना भएको छ। आदर्शनगर पाल्पा रोड बुटवलमा शोरुम सञ्चालनमा आएको हो।

अत्यधुनिक रिटेल मोडेलमा आधारित यो स्टोरमार्फत ग्राहकहरूले एलजी, सीजी, मिडिया गोदरेज जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम र किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण र प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्सका व्यापक उत्पादनहरू एकै छानामुनि पाउन पाउन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, बुटवल-लुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवा आवश्यकताहरू र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै उच्चस्तरीय प्रोडक्ट र छिटो ग्राहक–सपोर्ट प्रणालीसहित सुव्यवस्थित र प्राविधिक रूपमा सुदृढ रिटेल सुविधा सञ्चालनमा ल्याइएको जनाएको छ।


प्रकाशित : सोमबार, मंसिर १ २०८२१७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend