काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को लागि आधिकारिक ओटीटी प्लेट फर्मको जिम्मा पाएको डिसहोम गो ले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
क्रिकेट एसोसिएसन अफ नेपालबाट प्राप्त ओटीटी प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग दोस्रो संस्करणका सबै ३२ खेल अब डिसहोम गो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिएको हो। प्रतियोगिता १६ मंसिर २०८२ सम्म टुटु क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ।
एनपीएलको प्रत्यक्ष प्रसारण डिसहोम गो एप तथा वेबसाइटबाट मात्रै हुनेछ। युवटुवमामा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन प्रसारण हुनेछ। जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको बिना विज्ञापनको अनुभव दिलाउँने कम्पनीले जनाएको छ।
डिजिटल वालेट तथा मास्टर कार्डबाट समेत भुक्तानी हुने कम्पनीले जनाएको छ। डिसहोम गो मोबाइल एपबाट हेर्न नेपालभित्र ३ सय रुपैयाँ, मध्यपूर्व ५ सय रुपैयाँ र अन्यदेशका लागि १० डलर तोकिएको छ।


