बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

आईएमई खल्ती लिमिटेडको सीईओमा प्रविण रेग्मी नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १ २०८२
आईएमई खल्ती लिमिटेडको सीईओमा प्रविण रेग्मी नियुक्त

बढ्दै गएको डिजिटल कारोबार र क्यासलेसतर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ।

काठमाडौं- आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको आईएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेको छ। आज बसेको सञ्चालक समितिको ११औँ बैठकले रेग्मीलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो।

यसअघि आईएमई डिजिटल सोलुसन लिमिटेडको सीईओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आईएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए।

फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

बढ्दै गएको डिजिटल कारोबार र क्यासलेसतर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ।

यसअघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भएका छन्।

रेग्मीले पीएसपी संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उनको खुवीलाई आईएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हासिल गर्ने अपेक्षा गरेको छ। 


प्रकाशित : सोमबार, मंसिर १ २०८२१६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend