बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

आकस्मिक आम्दानीले गर्दा धेरै आयकर तिर्ने संस्था बन्यो दूरसञ्चार प्राधिकरण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १ २०८२
आकस्मिक आम्दानीले गर्दा धेरै आयकर तिर्ने संस्था बन्यो दूरसञ्चार प्राधिकरण

गएको आर्थिक वर्ष भने नेपाल टेलिकमले एकमुष्ठ लाइसेन्स नवीकरणको रकम बुझाएको थियो। टेलिकमले २० अर्ब र अरु सेवा प्रदायकले पनि नवीकरको रकम बुझाएका थिए।

काठमाडौं- दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण धेरै आयकर तिरेर सम्मानित भएको छ।

दूरसञ्चारको बजार ओरालो लागेको समयमा प्राय कहिलै ठूलो करदाता नहुने प्राधिकरण यसपालि सम्मानित हुनुमा बजारको लाभभन्दा आकस्मिक तथा रुटिन आम्दानी रहेको छ। 

नियामक भएका कारण प्राधिकरणले लाइसेन्सदेखि विभिन्न शीर्षकमा सेवाप्रदायकबाट शुल्क लिन्छ। तर यो शुल्क ठूलो करदाता हुनका लागि पर्याप्त हुँदैन। प्रायजसो सेवाप्रदायकले ठूलो रकम बुझाउने लाइसेन्स नवीकरण तथा फ्रिक्वेन्सीको रकम पनि किस्तामा तिर्छन् जसले गर्दा एकमुष्ठ ठूलो आम्दानी हुँदैन। तर गएको आर्थिक वर्ष भने नेपाल टेलिकमले एकमुष्ठ लाइसेन्स नवीकरणको रकम बुझाएको थियो। टेलिकमले २० अर्ब र अरु सेवा प्रदायकले पनि नवीकरको रकम बुझाएका थिए। 

यसरी बुझाएको रकम प्राधिकरणको आम्दानीमा गणना हुन्छ भने त्यसको २५ प्रतिशत आयकर तिर्छ। यही भएर गत वर्षको आकस्मिक आयबाट प्राधिकरण संस्थागत तर्फबाट सबैभन्दा धेरै आयकर तिरेर सम्मानित भएको छ।

प्राधिकरणले ५ अर्ब रुपैयाँभन्दा धेरै आयकर तिरेको छ। अरु कम्पनी तथा संस्थाको व्यापार तथा आम्दानी घट्दा पनि प्राधिकरण ठूलो करदाता भएको हो। 


प्रकाशित : सोमबार, मंसिर १ २०८२११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend