बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

भन्सार, अन्त:शुल्क र भ्याट लयमा हुँदा पनि राजस्व वृद्धिदर एक प्रतिशतमा सीमित, आयकर र गैरकर निराशाजनक

सोमबार, मंसिर १ २०८२
भन्सार, अन्त:शुल्क र भ्याट लयमा हुँदा पनि राजस्व वृद्धिदर एक प्रतिशतमा सीमित, आयकर र गैरकर निराशाजनक

गत वर्षको आकस्मिक गैरकरलाई हेरेर लक्ष्य निर्धारण हुँदा गैरकरको निराशाजनक चित्र देखिएको हो।

काठमाडौं- वर्षको सुरूदेखि नै लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकिरहँदा कात्तिकसम्म पुग्दा त राजस्वको वृद्धिदर ठप्प भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक मसान्तसम्म लक्ष्यको ७६ प्रतिशतमात्र संकलन भएको छ। राजस्वको लक्ष्य भेटाउन छाडेको धेरै वर्ष भइसकेको छ तर यो अवधिमा राजस्वको वृद्धिदर पनि खस्किएको छ।

कात्तिक मसान्तसम्मको विवरणअनुसार गत वर्षको तुलनामा राजस्व जम्मा १.०२ प्रतिशतले बढेको छ। यो सीमान्त वृद्धिदरले राजस्व फेरि ऋणात्मक हुने जोखिम बढेको छ। 

आयातबाट संकलन हुने भन्सार राजस्वमा १० प्रतिशत, आन्तरिक उत्पादन, आयातमा लाग्ने भ्याट पनि ८ प्रतिशतले बढेकोमात्र होइन अन्त:शुल्क पनि १२ प्रतिशतले बढेको छ। यसका बाबजुद आयकर र गैरकरमा देखिएको निराशाजनक चित्रले समग्र राजस्व संकलनको वृद्धिदर ओरालो लागेको हो। 

यो अवधिमा आयकर समग्रमा ८ प्रतिशतले घटेको छ। गत वर्षको तुलनामा यो वर्ष आयकर न्यून संकलन भएको छ। आयकरमा ब्याजकर झन धेरै १५ प्रतिशतले घटेको छ।

त्यस्तै गैरकरको चित्र झन निराशाजनक देखिएको छ। यो अवधिमा गैरकर संकलन ४१ प्रतिशतले घटेको छ भने लक्ष्यको ४८ प्रतिशतमात्र संकलन भएको छ। 

गत वर्षको आकस्मिक गैरकरलाई हेरेर लक्ष्य निर्धारण हुँदा गैरकरको निराशाजनक चित्र देखिएको हो। 


प्रकाशित : सोमबार, मंसिर १ २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend