बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

जुम्लाको हिमाका ८० प्रतिशत घरधुरीमा धारा जडान

आइतबार, कात्तिक ३० २०८२
जुम्लाको हिमाका ८० प्रतिशत घरधुरीमा धारा जडान

पालिकामा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो। करिब दुई हजार ३०२ घरधुरीमा ‘एक घर एक धारा’ को पहुँच पुगेको छ।

जुम्ला- करिब ८० प्रतिशत घरधुरीमा धारा जडान गर्न जिल्लाको हिमा गाउँपालिका सफल भएको छ। ‘एक घर एक धारा’ नीतिका साथ कार्यान्वयनमा गएको सो पालिकाले क्रमशः सबै घरमा धारा जोडने प्रतिबद्धता व्यक्त गरेको छ।

गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्ने क्रममा आज यहाँ आयोजित कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले ८० प्रतिशत घरधुरीमा धारा जडान गरिएको र बाँकीमा पनि गरिने जानकारी दिए।

पालिकामा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो। करिब दुई हजार ३०२ घरधुरीमा ‘एक घर एक धारा’ को पहुँच पुगेको छ।

शुद्ध खानेपानीको पूर्वाधार निर्माणका लागि गाउँपालिकाको सहकार्यमा ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना’ मार्फत खानेपानी विस्तार गरिएको अध्यक्ष लक्ष्मीबहादुर शाहीले जानकारी दिए।

गतवर्ष सञ्चालन गरिएको गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब ९७१ जनाले सेवा लिएको पालिकाले जनाएको छ।

यसैगरी, सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्न थालिएको छ। ‘छोरीको सुरक्षा जीवनभरि’ को कार्यक्रमअन्तर्गत ५६ जनाको बैंक खाता खोलिएको पनि गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार बैंक सेवामार्फत ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्ने नीतिअनुसार ४८८ जनाले सेवा लिएका छन्।

गाउँपालिकाले गत आर्थिक वर्षमा करिब २६ लाख ४३ हजार रूपैयाँ आन्तरिक राजस्व संकलन गरेको र विभिन्न शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको अध्यक्ष शाहीले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend