काठमाडौं- नेपाल वायुसेवा निगमले चीनको प्रमुख व्यावसायिक सहर ग्वाङ्जाउका लागि नियमित उडान पुनः सञ्चालनमा ल्याउने भएको छ। आगामी नोभेम्बर ३० अर्थात् मंसिर १४ गतेदेखि काठमाडौं-ग्वाङ्जाउ-काठमाडौं रुटमा हप्तामा तीनवटा उडान हुने निगमले जनाएको छ।
निगमका अनुसार उडान काठमाडौंबाट आइतबार, बुधबार र शुक्रबार राति २१:५० बजे गन्तव्यतर्फ विमान उड्नेछ। ग्वाङ्जाउबाट भने सोमबार, बिहीबार र शनिबार बिहान ५ बजे काठमाडौं फर्किने समय निर्धारण गरिएको छ।
ग्वाङ्जाउ रुट तय भएपछि चीनतर्फ यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकका लागि सहजता बढ्ने अपेक्षा गरिएको छ। यात्रुले आवश्यक जानकारी तथा टिकट बुकिङका लागि नेपाल एयरलाइन्सको आधिकारिक वेबसाइटमार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ।
