बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बैशाखयता नै थपियो होटलमा झन्डै चार अर्ब लगानी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
बैशाखयता नै थपियो होटलमा झन्डै चार अर्ब लगानी

कोरोना महामारीले दुई वर्ष देखि होटल तथा रेष्टुरेन्ट क्षेत्र सुनसान छ। विदेशी पर्यटक आगमन ठप्प छ। आन्तरिक पर्यटकको समेत घुमफिर गर्ने वातावरण बनेको छन्।  निर्माण सुरु भएका होटलहरू नै अन्योलमा परेका छन्।

काठमाडौं- कोरोना महामारीले दुई वर्ष देखि होटल तथा रेष्टुरेन्ट क्षेत्र सुनसान छ। विदेशी पर्यटक आगमन ठप्प छ। आन्तरिक पर्यटकको समेत घुमफिर गर्ने वातावरण बनेको छन्।  निर्माण सुरु भएका होटलहरू नै अन्योलमा परेका छन्।

२०७८ उद्योग विभागमा भने बैशाख यता ५ महिनामै  ३ अर्ब ९३ करोड ९८ लाख  ४६ हजार ९ सय ५४ रुपैयाँ लगानी गर्नेगरी दर्ता भएका छन्। बैशाख यता मात्रै १० वटा होटलमा २५ करोडदेखि १ अर्ब ५० करोड रूपैयाँ लगानी गर्नेगरी उद्योग विभागमा दर्ता भएका हुन्। 

गत बैशाखमा सिद्धार्थ इन्टरनेशनल होटल प्रालिको नाममा ९९ सय करोड ७२ लाख ८५ हजार रुपैयाँ लगानीसहित रुपेन्देहीमा होटल खोल्ने गरी दर्ता गरेको छ। २ सय बेड को होटल क्षमतमा पाँच तारे होटल होल्ने योजना सिद्धार्थ ग्रुपको छ।

सत प्रतिशत स्वदेशी लगानी रहने समूहले देशभर आफ्नो होटल तथा रेष्टुरेन्टमा लगानी विस्तार गर्दै गएको छ। 

त्यस्तै होटल मेगा प्रालिले पनि रुपेन्देहीमै ३९ करोड १७ लाख ९८ हजार ४ सय ५४ रुपैयाँ लगानीमा होटल खोल्ने भएको छ। १ सय ३० बेडको उक्त होटल पनि स्वदेशी लगानीमै निर्माण हुन लागेको हो। 

केएच होटल प्रा.लिले लाजिम्पाटमा  होटल निर्माण गर्न लागेको हो। होटल यार्सा प्रालिले पनि सुनसरीमा ३५ करोड ७ लाख ६६ हजार लगानीमा होटल खोल्न लागेको छ। 

स्वर्णिम होटल प्रालिले पोखरामा १ अर्ब लगानीमा होटल खोल्ने भएको छ। पोखरामा ९० बेडको होटल र ३२ सिट क्षमताको रेष्टुराँ चलाउने गरी होटल निर्माण गर्न लागेको हो। झाङ युपेङ होटल एन्ड रेष्टुरेन्ट प्रालिले ठमेलमा २५ करोडको लगानीमा होटल खोल्ने भएको छ। सवै विदेशी लगानी रहेको उक्त होटलमा ६० वेडको हुने छ। 

होङ मेई होटल एन्ड रेष्टुरेन्ट प्रालिको नाममा पनि २५ करोड लगानीमा ठमेलमै होटल खुल्ने भएको छ। ७० वेड क्षमताको उक्त होटलमा पनि सत प्रतिशत विदेशी लगानी रहने छ। युइफिङ होंटल एन्ड रेष्टुरेन्ट प्रालिलेले पनि ठमेलमा नै २५ करोड लगानीमा होटल खोल्न लागिएको हो। ७० वेड क्षमताको होटल ठमेलमा खोल्न लागिएको छ।

त्यस्तै चीनको ताइपेइको चेन होटल जून लि होटल एन्ड रेष्टुरेन्ट पनि ठमेलमानै खुल्ने भएको छ। २५ करोड लगानी हुने उक्त होटलमा ७० वेड रहने गरी उद्योग विभागमा दर्ता भएका छन्। 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०१:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend