काठमाडौं- असोज महिनामा मूल्यवृद्धि दुई प्रतिशतभन्दा तल झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको असोजको तुलनामा यो वर्षको असोमा मूल्यवृद्धि दर घटेको हो। असोजमा १.४७ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
असोजमा गत वर्षको तुलनामा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक भएको राष्ट्र बैंकले जानकारी दिएको छ। तर सेवा समूहको मूल्यवृद्धि भने ३.८० प्रितशतले बढेको छ।
यो वर्षको पहिलो त्रैमासको औसत मूल्यवृद्धि भने १.६७ प्रितशत रहेको छ। गत वर्षको यही अवधिमा भने ४.२६ प्रतिशत थियो।