काठमाडौं- नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।
आइतबार प्रतितोला ६ हजार ९ सय रूपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार सुन प्रतितोला २ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १५० रूपैयाँले घटेको छ।
गत शुक्रबार प्रतितोला ३ हजार २ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साता आइतबारका लागि प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँ तोकिएको छ।


