काठमाडौं- नेपालले कार्बन क्रेडिट बापत विश्व बैंकबाट पहिलो पटक १ अर्ब रुपैयाँ बढी रकम पाउने भएको छ। विश्व बैंकसँग भएको सम्झौता अनुसार नेपालले पहिलो पटक ९४ लाख अमेरिकी डलर पाउने भएको हो।
१८ लाख टन कार्बन उत्सर्जन न्यूनीकरण गरेकोमा नेपालले यति रकम पाउने भएको हो। रेड प्लस इमिसन रिडक्सन कार्यक्रमबाट यो उत्सर्जन न्यूनीकरण भएको हो।
यो कार्यक्रम समुदायमा आधारित वन संरक्षण कार्यक्रम हो। तराई क्षेत्रमा सञ्चालित यो कार्यक्रले जनता र जैविक विवधिताको संरक्षण गर्ने विश्वास गरिएको छ।
‘यसबाट नेपालले जंगल विनाश रोकथाम, जैविक विविधता संरक्षण तथा समुदायको दिगो जीविकोपार्जनमा गरेको उल्लेखनीय उपलब्धिलाई प्रतिविम्बित गर्छ’ विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिस्लेन ले भने।
यो कार्यक्रम विश्वव्यापी साझेदारीमा आधारित हो। वनको विनाश रोकथाम तथा उत्सर्जन कम गर्ने, दिगो वन व्यवस्थापन मजबूत गर्ने र सहभागी पारदर्शी तथा टिकाउ मोडलको विकास गर्ने उद्देश्य रहेको छ।